लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्ने

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

लुम्बिनी प्रदेशसभाको बैठक आइतबार बस्ने भएको छ। प्रदेश सभा सचिव दुर्लभ कुमार पुनका अनुसार चैत २२ गते आइतबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ।

प्रदेश सभामुख तुलाराम घर्तीको निर्देशनअनुसार लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२ को उपनियम (३) बमोजिम शुक्रबार सूचना जारी गरी बैठकको मिति तय गरिएको हो। आइतबार सातौँ अधिवेशनको पाँचौं बैठक बस्न लागेको हो।

सुझावित समाचार