प्रहरीले मालपोत कार्यालय पोखरियाबाट तीनजना बिचौलियालाई पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले मालपोत कार्यालयबाट तीनजना बिचौलियालाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार पक्राउ परेकाहरू मालपोत कार्यालयमा अनावश्यक रूपमा प्रवेश गरेर सेवाग्राहीलाई हैरान पार्ने कार्यमा संलग्न रहने गरेका छन् ।
कार्यालयभित्र छिरेर सेवाग्राही र कर्मचारीलाई दुःख दिने गुनासो आएपछि तीनजनालाई नियन्त्रणमा लिइएको उनले बताए ।