फागुनमा महँगी बढ्यो

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकका अनुसार फागुन महिनामा महँगी बढेको छ। आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको तथ्यांकअनुसार फागुनमा उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत पुगेको छ। अघिल्लो महिनामा उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत थियो।

अघिल्लो वर्षको फागुनको तुलनामा भने महँगी घटेको देखिन्छ। गत आर्थिक वर्षको फागुनमा उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत थियो। 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६३ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ३.३४ प्रतिशत र ३.९७ प्रतिशत थियो।

फागुनमा तरकारीको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.४९ प्रतिशत, घ्यू तथा तेलको ९.८६ प्रतिशत र फलफूलको ९.६३ प्रतिशतले बढेको छ। 

तेलको मूल्य झन्डै ४६ प्रतिशतले बढ्यो
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य झन्डै ४६ प्रतिशतले बढेको देखिएको छ। २०८१ फागुन मसान्तमा प्रतिव्यारेल ७०.८२ अमेरिकी डलर रहेको कच्चा पेट्रोलियमको मूल्य २०८२ फागुन मसान्तमा ४५.८ प्रतिशतले वृद्धि भई १०३.२३ अमेरिकी डलर कायम भएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि ६९.६ प्रतिशतले वृद्धि भएको छ। २०८१ फागुन मसान्तमा प्रति आउन्स २९७४.०५ अमेरिकी डलर रहेको सुनको मूल्य २०८२ फागुन मसान्तमा ५०४४.६० अमेरिकी डलर पुगेको छ।

See More On

सुझावित समाचार