नयाँ वर्ष २०८३ को अवसरमा सेगवे ई–११० एल मा विशेष अफर घोषणा गरिएको छ । सेगवेको आधिकारिक वितरक आइहब प्रालिले नेपालमा रुचाइएको यो मोडेल पुनः उपलब्ध हुने बताएको छ ।
अफर मूल्य दुई लाख ८४ हजार ९९९ तोकिएको छ । अफरअन्तर्गत ग्राहकले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग पाउनेछन् । साथै, एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (एमसी) पनि समावेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, पहिलो २५ ग्राहकका लागि आकर्षक ‘अर्ली बर्ड’ डिस्काउन्ट पनि घोषणा गरेको छ । यसमा ग्राहकले खरिद गर्ने मोडेलअनुसार अधिकतम ४१ हजारसम्म बचत गर्न सक्नेछन् ।
सेगवे ई–११० एललाई दैनिक प्रयोगका लागि उपयुक्त स्कुटरका रूपमा प्रस्तुत गरिएको छ । यसमा २४०० वाटको मोटर छ, जसले १५० न्यूटन–मिटर टर्क दिन्छ र अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टासम्म पुग्छ । यो १५ डिग्रीभन्दा माथिका उकालाहरू पनि सजिलै चढ्छ । यो स्कुटरमा आवश्यकताअनुसार तयार गरिएको ट्रेलोर्ड बुसलेस मोटर प्रयोग गरिएको बताइएको छ । ७२ भोल्ट २४ एम्पियर–घण्टा क्षमताको लिथियम ब्याट्रीले एकपटक चार्जमा ६० देखि ११० किमि चल्ने कम्पनीको दाबी छ ।
राइडिङ अनुभवलाई ध्यानमा राखेर यसमा हाइड्रोलिक स्प्रिङ ड्याम्पिङ सिस्टम राखिएको छ, जसले उबडखाबड सडकमा पनि आरामदायी यात्रा दिने जनाइएको छ ।