महान्यायाधिवक्ताले लेनदेन गरी मुद्दा फिर्ता गराएको आरोप लगाउने अधिवक्ता युवराज सफलविरुद्ध साइबर अपराध मुद्दा दायर

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

निवर्तमान महान्यायाधिवक्ता सबिता भण्डारीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा अधिवक्ता युवराज सफल(युवराज पौडेल) विरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ। बुधबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो। 

पौडेललाई गत १३ माघमा प्रहरीले पक्राउ गरी बयान लिएर दुई दिनपछि हाजिरी जमानीमा छाडेको थियो। हाल अनुसन्धान पूरा गरी उनीविरुद्ध मुद्दा दायर भएको हो। झुटा आरोप लगाएको र महान्यायाधिवक्तामाथि अन्तर्वार्ताको क्रममा अपशब्द प्रयोग गरेको भनेर महान्यायाधिवक्ता कार्यालयले नै उनीविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो। रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी निर्णयलाई लिएर उनले आर्थिक लेनदेनको आरोप लगाएका थिए। 

बयानमा पौडेलले आवेशजन्य परिस्थितिमा महान्यायाधिवक्ताविरुद्धको अधिव्यक्ति दिएको बताएका छन्। 

सुझावित समाचार