सुनसान सिंहदरबार [तस्बिरहरू]

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभामा झन्डै दुईतिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेका छन्। गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएका बालेनले सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिए।

राज्यका सबै निकायमा सुधारका योजनासहित सय कार्यसूची सार्वजनिक गरेको रास्वपा सरकारले ‘काम, काम र काम’लाई प्राथमिकतामा राखेको बताउँदै आएको छ। अनावश्यक भेटघाटलाई निरुत्साहित गर्दै काममा केन्द्रित हुने सरकारको नीतिका कारण सिंहदरबारपरिसर अहिले शान्त देखिन्छ।

विगतमा नयाँ सरकार गठन हुँदा प्रधानमन्त्री र मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन सिंहदरबारमा हप्तौँसम्म भिड लाग्ने गर्थ्यो। तर, यसपटकको परिदृश्य फरक देखिएको छ। बालेन नेतृत्वको सरकार गठनसँगै सिंहदरबारमा पहिलेको जस्तो अनावश्यक भिडभाड र फूलमाला बोकेर आउनेहरूको ताँती देखिँदैन।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार