संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सोसरहका ६३ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।
सोमबार उनीहरूलाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिमा खटाइएको मन्त्रालयले जनाएको छ ।
खटाइएकामध्ये केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ ।