लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश

सोमबार, १६ चैत, २०८२
डिजिटल संस्करण

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। यशोदा लेखकले दिएको रिटमा सोमबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारसँग लेखकलाई पक्राउ गर्नुको कारण माग गरेको हो।

‘यसमा के–कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारण तथा निवेदकलाई पक्राउ गर्दा मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ९ (६)को पूर्वअवस्थाको विद्यमानता रहे–नरहेकोसमेत खुल्ने गरी बाटोको म्यादबाहेक सूचना पाएका मितिले तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू’ आदेशमा भनिएको छ।

सर्वोच्चले २३ र २४ भदौको प्रदर्शनको क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन र अनुसन्धानको क्रममा तयार पारिएको सक्कल मिसिलसमेत झिकाउन भनेको छ।

सुझावित समाचार