गृहमन्त्री सुदन गुरुङले भिआइपी सवारीका नाममा सडकमा सर्वसाधारणलाई असर गर्ने गतिविधि रोक्न आग्रह गरेका छन्। शुक्रबार मन्त्रालयमा पदभार ग्रहणपछि निर्देशनका क्रममा यस्ता गतिविधिले सर्वसाधारणले दुःख पाउने र सरकारप्रति आक्रोश बढाउन भन्दै रोक्न उनले मन्त्रीहरूलाई आग्रह गरेका हुन्।
साथै, सेवा प्रवाहलाई एकद्वार प्रणालीमार्फत अघि बढाउन पनि उनले निर्देशन दिएका छन्।