दाङमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ दोघर्रेनिवासी ३४ वर्षीय गोपाल वलीले धारिलो हतियार प्रहार गर्दा २७ वर्षीया श्रीमती कमला वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए।
बिहीबार साँझ साढे ७ बजेतिर श्रीमानले धारिलो हतियार प्रहार गर्दा टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी कमलाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए। वली सरकारी कर्मचारी रहेको खुलेको छ। श्रीमानलाई गोपाललाई प्रहरीले नियन्त्रण लिइसकेको छ।