सेतो मत्स्येन्द्रनाथको रथ यात्रा सुरु (फोटोफिचर)

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

सेतो मत्स्येन्द्रनाथको रथजात्रा सुरु भएको छ। जात्राको पहिलो दिन बिहीबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‍याइएको छ। दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ भने तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पुर्‍याइन्छ।

मत्स्येन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन  छ र जात्राको चौथो दिन रथलाई लगन आमा रुख परिक्रमा गराइन्छ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ। 

तस्बिरहरूः 
 

सुझावित समाचार