गृहमन्त्री अर्यालद्वारा १९१ दिनको उपलब्धि सार्वजनिक

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

चुनावी सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिनको विवरण सार्वजनिक गरेका छन्। शान्तिपूर्वक निर्वाचन सम्पन्नदेखि सुशासनको विषयलाई उनले आफ्नो उपलब्धिमा समावेश गरेका छन्। 

बिहीबार गृह मन्त्रालयबाट बिदा भएका मन्त्री अर्यालले आफ्नो कार्यकाल उपलब्धिमूलक भएको बताएका छन्। 

जेन-जी आन्दोलनका घाइते र सहिद परिवारलाई राहत, शान्तिपूर्व निर्वाचन, शान्तिसुरक्षा व्यवस्थान र सुशासन, कानुन, मापदण्ड तथा कार्यविधि संशोधन, सेवा प्रवाहमा सुधार, विपत् व्यवस्थापन र वैदेशिक सम्बन्ध, मानव अधिकारको क्षेत्रमा समन्वयमा सक्रियतापूर्व काम गरिएको उनको दाबी छ। 

मन्त्रालयमा बिहीबार आयोजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेन–जी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी सम्हालेको स्मरण  गरे  । आफ्नो कार्यकालमा शान्ति सुरक्षाको सामान्यीकरण, सुशासनको सुदृढीकरण र स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा ऐतिहासिक निर्वाचन सम्पन्न गर्नु नै मुख्य उपलब्धि रहेको  उनको भनाई छ । 

“निर्वाचन हुने वा नहुने भन्ने आशङ्काबीच हामीले प्रशासनिक समन्वय र सुरक्षा तयारीमार्फत निर्धारित समयमै रक्तपातविहीन निर्वाचन सम्पन्न गर्यौं,“ मन्त्री अर्यालले भने “यसबाट संविधान सही बाटोमा आएको छ र यसको सम्पूर्ण श्रेय आम नागरिक, सुरक्षाकर्मी र कर्मचारीको सामूहिक प्रयासलाई जान्छ।’  

  उनले आफ्नो कार्यकालमा भएका मुख्य कार्यहरूलाई मन्त्रालयको संस्थागत अभिलेखका रूपमा हस्तान्तरण गरेका छन्  । सो अवसरमा उहाँले जेन–जी आन्दोलनका ४२ जना सुशासन योद्धा र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको, घाइतेहरूको वर्गीकरण गरी जीविकोपार्जन भत्ताको व्यवस्था गरिएको र आन्दोलनमा क्षतिग्रस्त भएका ४६५ सरकारी कार्यालयको पुनर्निर्माण गरी सेवा सुचारु गरिएको जानकारी लिए। 

समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले मन्त्री अर्यालको नेतृत्वमा मन्त्रालयले छोटो अवधिमा २ दर्जनभन्दा बढी कानुन तर्जुमा तथा परिमार्जन गर्न सफल भएको र सुरक्षा निकायको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै  उनको कार्यशैलीको प्रशंसा गरे।

मन्त्री अर्याल २०८२ भाद्र ३० गते गृहमन्त्री नियुक्त भएका थिए  ।  
 

यस्ता छन् उनले सार्वजनिक गरेका उपलब्धि:

सुझावित समाचार