राष्ट्रिय खेलकुद परिषद्( राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ। बुधबार बसेको राखेपको मन्त्रीस्तरीय बैठकले एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको छ। राखेपले दिएको २४ घण्टे स्पष्टीकरण चित्त नबुझेपछि एन्फालाई निलम्बन गरेको राखेपले जनाएको छ।
१३ चैत झापामा हुने चुनावी साधारणसभा गर्न राखेपले पटक-पटक पत्राचार गर्दै आएको थियो। राखेपले ११ बुँदा संशोधन गरेर मात्रै निर्वाचन गर्न निर्देशन दिएपनि पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाले चुनाव नरोक्ने दाबी गर्दै आएको थियो। उनीहरूले निर्वाचन रोके फिफा र एएफसीले एन्फालाई निलम्बन गर्ने दाबी गर्दै आएका छन्।
यसपछि राखेपले एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको छ। अब, एन्फाले झापामा निर्वाचन नरोक्ने जनाइसकेको छ।