खप्तड पर्यटन विकास बोर्डको अध्यक्षमा चन्द

बुधबार, ११ चैत, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सरकारले खप्तड पर्यटन विकास बोर्डको अध्यक्षमा जमुना चन्दलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा एमाले नेतृ चन्दलाई नियुक्ति गर्ने निर्णय गरेको हो । 

खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो । समितिको सदस्यमा डोटीकी मायादेवी कुँवर, बझाङकी गोकुलदेवी सिंह र बाजुराका मीनबहादुर शाहीलाई नियुक्त गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जानकारी दिए ।

अध्यक्षमा नियुक्त बझाङको जयपृथ्वी नगरपालिका– १० की चन्द गत चुनावमा एमालेबाट उक्त नगरपालिकाको उपप्रमुखमा पराजित भएकी थिइन् । प्रदेश सरकारमातहत चारवटा पर्यटन विकास समिति रहेकोमा बाँकी समितिमा पनि चाँडै पदाधिकारी नियुक्त गरिने मन्त्री सार्कीले जानकारी दिए ।

आगामी वर्ष सुदूरपश्चिममा ६ वटा बिदा दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । मन्त्री सार्कीका अनुसार आन्तरिक मामिला मन्त्रालयको सिफारिसमा यहाँका विभिन्न समुदायका मौलिक पर्वहरूमा बिदा दिने निर्णय सरकारले गरेको हो । 

सुझावित समाचार