नेपाल एसबिआई बैंकद्वारा इलाका प्रहरी कार्यालय रत्ननगरलाई सहयोग प्रदान

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेडले चितवनस्थित इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीलाई विभिन्न अत्यावश्यक सामग्रीहरू  सहयोगस्वरूप प्रदान गरेको छ ।

उक्त सामग्रीहरु बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीणमुनि बज्राचार्यले जिल्ला प्रहरी परिसर चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीलाई एक कार्यक्रमबिच औपचारिक रूपमा हस्तान्तरण गरेका थिए। सो अवसरमा प्रहरी अधिकृतहरू तथा बैंकका कर्मचारीहरूसमेतको सहभागिता रहेको थियो। 

यस सहयोगबाट जेन–जी आन्दोलनमा क्षति भएको इलाका प्रहरी कार्यालय, रत्ननगर, टाँडीको सेवा प्रवाह सहज हुने लक्ष्य बैंकले राखेको छ।  नेपाल एसबिआई बैंक लिले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
 

सुझावित समाचार