गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२६–२०२८ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा यूएईबाट रहेका रमेश श्रेष्ठ पुन चयन भएका छन्। लामो समयदेखि यूएईसहित मध्यपूर्व क्षेत्रमा व्यवसायिक तथा सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठ एनआरएनएभित्र अनुभवी, संयमित र परिणाममुखी नेतृत्वका रूपमा परिचित छन् । उनी जिसिडी ग्रुपका अध्यक्ष हुन् ।
साधारण सदस्यबाट सुरु भएको उनको संगठनात्मक यात्रा एनसीसी यूएईको अध्यक्ष हुँदै मध्यपुर्व डिआरसी र अन्तर्राष्ट्रिय तहसम्म पुगेको छ। निर्वाचनपछि आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै श्रेष्ठले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हक हितलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे ।
उनले हाल मध्यपुर्व द्वन्दबाट समस्यामा परेका कामदारको तत्काल उद्धार, राहत तथा सहयोगका लागि आपतकालीन राहत कोष स्थापना गर्ने घोषणा गरेका छन् । उक्त कोषमार्फत दुर्घटना, बिरामी, कानुनी जटिलता वा अन्य संकटमा परेका नेपालीलाई छिटो र प्रभावकारी सहायता उपलब्ध गराउने उनले बताए ।