साफ यू–२० च्याम्पियनसिप : नेपालले भुटानलाई हरायो

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

सुजन डंगोल र सुवास बमले गोल गरेपछि नेपालले साफ यू–२० च्याम्पियनसिपमा विजयी सुरुवता गरेको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सुरु गरेको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले कमजोर मानिएको भुटानलाई २–१ ले हरायो। यद्यपि, नेपालले जितको लागि निकै संघर्ष गर्नुपर्यो।

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको समूह ‘ए’को खेलमा नेपाललाई जित दिलाउन सुजन डंगोल र सुवास बमले समान एक गोल गरे। भुटानका लागि धेनदुप ग्यालसेनले गोल फर्काएका हुन्।

अब, नेपालले बुधबार श्रीलंकासँग खेल्नेछ । 

समूह ‘ए’मा नेपाल र माल्दिभ्ससँगै श्रीलंका र भुटान छन्। अर्को समूहमा बंगलादेश, भारत र पाकिस्तान छन्। दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। फाइनल खेल मालेमै ३ अप्रिलमा आयोजना हुने तालिका छ।
 

सुझावित समाचार