कामना सेवा विकास बैंकले चितवन, भरतपुरस्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्टसँग सेवाशुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटेलका प्रबन्ध निर्देशक जनार्दन रिजालले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले अकोमोडेसन, फुड र बेभरेजमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ । यो सहकार्यबाट बैंकसँग आबद्ध सबै ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।