प्रतिनिधिसभा सदस्यमा म्याग्दी जिल्लाबाट निर्वाचित डा. महावीर पुनले वीरगन्जमा पुगेर आफ्नो किताब बेचेका छन् । निर्वाचित भएर पहिलोपटक वीरगन्जमा पुगेका पुनले घन्टाघर चोकमा आफ्नो आत्मकथा किताब बेचेका हुन् ।
पूर्वमन्त्री पुनले सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म घन्टाघर चोकमा किताब बिक्री गर्दा यहाँका स्थानीयहरू सहभागी भएका थिए । साथै उनले रामजनम तिवारीको सालिकको तल पुगेर किताब बिक्री गरेर दिउँसो कृषि औजार कारखानामा उपस्थित भएर बेच्ने बताएका थिए ।
किताब बेच्ने क्रममा उनले महावीर पुन आयो, किताब लिएर आयो भनेर अब कृषि औजार कारखानामा पुगेर किताब बेच्ने बताएका थिए । यस्तै डा. पुनले किताब बेचेर कृषि औजार कारखाना सञ्चालनमा ल्याएको र ५० जनालाई रोजगारी पनि दिएको बताएका थिए ।