मधेश विश्वविद्यालयको बस प्रयोगविहीन

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

वीरगन्जको मधेश विश्वविद्यालयको बस लामो समयदेखि सञ्चालनविहीन भएर थन्किएको अवस्थामा फेला परेको छ। मधेश विश्वविद्यालय स्थापना भएकै सालदेखि प्रदेश सरकारबाट पाएको प्रदेश २–०२–००१ स ००७८ नम्बरको बस अहिले विश्वविद्यालयपरिसरमा सञ्चालनविहीन भएर थन्केको अवस्थामा परेको हो । 

नेसनल ट्रेडिङ गोदाममा भाडामा सञ्चालनमा रहेका विश्वविद्यालय मासिक ४०–४५ हजार भाडा तिरेर सञ्चालनमा रहेको छ। विश्वविद्यालयमा अहिले बसको आवश्यकता नभएका कारण बस दैनिक रूपमा सञ्चालनमा नरहेको विश्वविद्यालय प्रशासनले जनाएको छ। अहिले विश्वविद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत रहेको मधेश विश्वविद्यालयका रजिस्ट्रार विजय यादवले जानकारी दिए । 

उनका अनुसार विश्वविद्यालयमा बिएएलएबी, बिपिए र एमपिए संकायमा अहिले यस क्षेत्रका विद्यार्थीहरू अध्ययनरत रहेका छन्।बसमा यात्रा गर्ने विद्यार्थीहरूको कमी रहेको भए पनि विद्यार्थीहरूलाई विभिन्न ठाउँको प्रशिक्षणमा जाने क्रममा बस प्रयोगमा रहेको यादवले बताए । 

विद्यार्थी कम भएका कारण दैनिक रूपमा बस प्रयोग गर्न सकिएको छैन, तर आवश्यकताअनुसार बस भने प्रयोगमा रहेको रजिस्ट्रार यादवले बताए। केही वर्षदेखि सञ्चालनमा रहेको मधेश विश्वविद्यालयमा अहिलेसम्म २४ जना शिक्षक र १८ जना कर्मचारी पनि कार्यरत रहेको रजिस्ट्रार यादवले बताए। उनले विश्वविद्यालयको नाममा जग्गा व्यवस्थापन भए पनि अहिलेसम्म उक्त जग्गा विश्वविद्यालयको नाममा आउन नसकेको गुनासो गरे।

सुझावित समाचार