धनकुटाको साँगुरीगढी गाउँपालिका–६, थुम्कीमा पहिरोका कारण अवरुद्ध भएको निर्माणाधीन भेडेटार–राजारानी–रवि–राँके सडकखण्ड सञ्चालनमा आएको छ।
शनिबार अपराह्नदेखि माथिबाट पहिरो खसेपछि अवरुद्ध भएको सडक २४ घण्टापछि आइतबार अपराह्नदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ज्ञानकुमार महतोले बताए। जेसिबीको सहायताले पहिरो हटाएसँगै सडक पूर्ण रूपमा सुचारु भएको हो।
सो सडकखण्ड हुँदै धनकुटाको डाँडाबजार, राजारानी, मौनाबुधुक, बोधे, कुरुलेतेनुपा र पाँचथरको रवि, राँकेसम्म सवारीसाधनहरू आवतजावत गर्छन्। केही दिनअघि पनि सो सडकमा सुक्खा पहिरो जाँदा ६ दिनसम्म सडक अवरुद्ध भएको थियो।