बिरामी बोकेर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स तोडफोड तथा चालकमाथि आक्रमण प्रयास गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। एम्बुलेन्स तोडफोड गरेको आरोपमा सुर्खेत भेरीगंगा नगरपालिका–११ का २० वर्षीय प्रवीण गहतराज, १८ वर्षीय विशाल विक र १९ वर्षीय विशाल विकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
गएराति करिब सुर्खेतको भेरीगंगा नगरपालिका–११, सादीखोलामा रुकुम पश्चिमको चौरजहारीबाट बिरामी लिएर गएको सल्यान कुमाख गाउँपालिकाको एम्बुलेन्सलाई मदिरा सेवन गरेका ५/६ जनाको समूहले रोकेर चालकमाथि हातपात गर्ने प्रयास गरेका थिए। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।