कपिलवस्तुको महाराजगन्ज बर्गदवामा दुई समुदायबिच विवाद चर्किन नदिन प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा सभा, जुलुस वा प्रदर्शनमा गर्न रोक लगाएको छ।
वडा नं. २ र ३ को सीमा क्षेत्रमा मुस्लिमको इद र हिन्दुहरूको नवरात्र मनाउने क्रममा भजन र नमाजको आवाजले विवाद बढेको थियो। झडपमा प्रहरी, दुई समुदायका एक बालकसहित ६ जना घाइते भएका छन्।
प्रहरीले दुवै पक्षलाई संयम अपनाउन आग्रह गर्दै सुरक्षा कडा बनाएको छ।
