वर्षापछि काठमाडौंआसपासकाे दृश्य (फोटोफिचर)

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

पश्चिमी वायुको प्रभावका कारण राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भएको छ। वर्षापछि काठमाडौं उपत्यकाको मौसममा उल्लेख्य परिवर्तन देखिएको छ। पानी परेसँगै धुलो–धुवाँ घटेर आकाश केही खुला बनेको छ भने चिसोपन बढेको महसुस गरिएको छ।

बिहानदेखि परेको हल्का वर्षाले सडक भिजेका छन् र उपत्यकाका डाँडाकाँडा हरियालीले झन् ताजगी पाएका छन्। वर्षापछि काठमाडौंआसपासका क्षेत्रको दृश्य ड्रोनमार्फत कैद गरिएको छ, जसमा बादलले ढाकिएका पहाड, चिस्यानले भरिएका बस्ती र सफा देखिएका सडकहरू आकर्षक देखिन्छन्।

विशेष गरी उपत्यकालाई घेरेका डाँडाहरूमा कुहिरोले थप सुन्दरता थपेको छ। मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभाव अझ केही दिन कायम रहने सम्भावना रहेको छ। त्यसैले, देशका पहाडी तथा हिमाली क्षेत्रमा अझै वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। यस्तै, सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र यात्रामा सावधानी अपनाउन आग्रह गरिएको छ।

सुझावित समाचार