सरकारले चैत ७ गते शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद–उल–फित्र)को सार्वजनिक बिदा दिने भएको छ।
मुस्लिम आयोगबाट प्राप्त पत्रबमोजिम शनिबारलाई इदको बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ। ०८१/११/१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार गृहले सार्वजनिक बिदा दिएको हो।
