अर्जेन्टिना बाहिरियो विश्व स्वास्थ्य संगठनबाट

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

अर्जेन्टिनाले संयुक्त राज्य अमेरिकाको पाइला पछ्याउँदै विश्व स्वास्थ्य संगठ (डब्लुएचओ)बाट बाहिरिने निर्णयलाई अन्तिम रूप दिएको छ । ‘औपचारिक सूचना दिएको एक वर्षपछि अर्जेन्टिनाको विश्व स्वास्थ्य संगठनबाट बहिर्गमन लागू हुँदै छ,’ अर्जेन्टिनाका विदेशमन्त्री पाब्लो क्विर्नोले मंगलबार आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखे । 

अर्जेन्टिनालाई डब्लुएचओबाट बाहिर निकाल्ने राष्ट्रपति जेभियर मिलेईको निर्णयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा गरिएको यस्तै निर्णयको प्रतिध्वनि भएको छ । दुबै नेताले स्वास्थ्य र औषधीजस्ता क्षेत्रमा डब्लुएचओले अपनाएको प्रगतिशील नीतिको विराध गर्दै सो अन्तर्राष्ट्रिय संस्थाको आलोचना गर्ने गरेका छन् । 

सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपति मिलेईले डब्लुएचओलाई ‘इतिहासको सामाजिक नियन्त्रणमा सबैभन्दा ठुलो प्रयोग’ गर्ने ‘दुष्ट संस्था’ भएको आरोप लगाए । यद्यपि, डब्लुएचओ धेरै हदसम्म एक सल्लाहकार निकाय हो, यसले सदस्य राष्ट्रलाई नीतिहरू निर्देशित गर्दैन । यसले मूलत: स्वास्थ्य प्रवृत्तिहरूको निगरानी गर्छ । रोगहरूमाथि निगरानी गर्छ र विपन्न देशमा स्वास्थ्य सेवा पहुँचलाई प्रवद्र्धन गर्दै चिकित्सा तालिम दिन्छ । डब्लुएचओको वेबसाइटअनुसार अहिले ऊसँग अर्जेन्टिनासहित १९४ सदस्य आबद्ध छन् । 

सुझावित समाचार