आँचलको जन्मदिनमा ‘एक मुठ्ठी बादल’को टिजर सार्वजनिक

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’को टिजर सार्वजनिक भएको छ। आँचलको जन्मदिनको अवसर पारेर सार्वजनिक टिजर फिल्मकी मुख्य कलाकारले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’को सेरोफेरोमा घुमेको छ।

सहारा शर्माको लेखन तथा निर्देशन रहेको चलचित्रमा आँचलसँगै निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीलगायतको अभिनय छ।

चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल छन्।

चलचित्रमा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रोडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ। मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन्।

चलचित्रका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन्। फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्ने बताइएको छ।

सुझावित समाचार