सस्तोमा विदेश घुमाउने भन्दै २ करोड ७२ लाख रुपैयाँ ठगी गर्ने ट्राभल एजेन्सीका सञ्चालक पक्राउ

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

सस्तोमा विदेश घुमाउने प्रलोभनमा ठगी गरेको आरोपमा श्रीटेल होलिडेजका सञ्चालक पक्राउ परेका छन्। सप्तरी घर भई भक्तपुर बस्ने २६ वर्षीय विवेक रेग्मी र अन्य ६ भारतीयलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

उनीहरूले विभिन्न मलमा स्टल राखेर चिठ्ठा भराउने र सस्तो विदेश भ्रमणको चिठ्ठा परेको भन्दै झुक्याई पैसा हाल्न लगाउँथे । यसरी धेरै व्यक्तिसँग दुई करोड ७२ लाख रुपैयाँ ठगी गरिसकेको खुलेको छ। विदेश पनि नपठाउने र पैसा फिर्ता माग्दा पनि नदिएपछि पीडितहरूले उजुरी दिएका हुन्। उनीहरूले तीन सय २८ जनालाई ठगी गरिसकेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्ने भारतीयहरूमा हुसे सैयद, ओमर सैयद, महम्मद इमरान, खालिद हुसेन र रजाक महम्मद छन्। सबैलाई थापागाउँमा रहेको ट्राभलको कार्यालयबाट पक्राउ गरिएको एसपी मनोहर भट्टले बताए। 

प्रहरीका अनुसार गत कात्तिकमा मात्र रेग्मीले सो ट्राभल एजेन्सी खोलेका थिए। उनले ३० जना कर्मचारी समेत राखेका थिए। त्यसपछि कर्मचारीलाई विभिन्न मलमा राखेर चिठ्ठा भर्न लगाउने गरिएको थियो। योजनाबद्ध रूपमै यसरी उनीहरूले ठगी गरेको प्रहरीको आशंका छ । 

सुझावित समाचार