रवि लामिछानेको अभियोग संशोधनविरुद्धको रिटमा सुनुवाइ सकियो, फैसलाको तयारी

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोग संशोधनविरुद्धको रिटमा सुनुवाइ सकिएको छ । आइतबारदेखि नियमित पेसीमा राखेर सुनुवाइ हुँदै आएकोमा बिहीबार दुवै पक्षको बहस सकिएको हो। 

तीनवटामा रिटमा सर्वाेच्चका न्यायाधीशहरू शारंगा सुवेदी र सुनील पोखरेलको इजलासमा चार दिनसम्म बहस भएको थियो। 

लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा अनावश्यक रहेको भन्दै महान्यायाधिवक्ता सबिता भण्डारीले अभियोग संशोधनका लागि जिल्ला सरकारी वकिल कार्यालयलाई अनुमति दिएकी थिइन्। त्यसविरुद्ध परेका रिटमा आजै फैसलाको तयारी छ। 

सुझावित समाचार