सल्यानमा बाघले एउटै घरका नौ बाख्रा मार्‍यो

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

सल्यानमा बाघको आक्रमणबाट एकै घरका नौ बाख्रा मरेका छन्। कालीमाटी गाउँपालिका– ३, साठीघरेका सागर रेउलेका नौ बाख्रा बाघले मारेको हो।आक्रमणबाट दुई बाख्रा घाइते भएका छन् भने एउटा बाख्राे अझै हराइरहेको छ।

चैत ३ गते दिउँसो धनारी सामुदायिक वनमा चर्न गएका बाख्रामाथि बाघले आक्रमण गरेको रेउलेले बताए। उनले भने, ‘म खोलामा जाली हान्ने काममा गएको थिएँ। घरबाट श्रीमतीले फोन गरेपछि मात्र थाहा पाएँ। बाघले बाख्रा मारेपछि स्थानीयमा त्रास फैलिएको छ ।’ बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा बाघ पस्न थालेपछि बाघ नियन्त्रणका लागि सम्बन्धित निकायसँग माग गरेका छन्। 

पीडितलाई राहत उपलब्ध गराउन आवश्यक समन्वय भइरहेको कालीमाटी गाउँपालिका– ३ का वडाध्यक्ष शिवबहादुर खत्रीले जानकारी दिए । वन्यजन्तुबाट भएको क्षतिको राहत वितरणसम्बन्धी निर्देशिकाअनुसार प्रक्रिया अघि बढाइएको उनकाे भनाइ छ । फागुनको अन्तिम साता शारदा नगरपालिका– ९ सुनाचौरमा पनि आठवटा बाख्रा मारेका थियो । 

निकुञ्जबाट आएको बाघले कालीमाटी गाउँपालिका वडा नम्बर ६  मा एक र वडा नम्बर ७ मा एक गरी हालसम्म  दुईजना मानिसको ज्यानसमेत लिइसकेकाे छ । 

सुझावित समाचार