खोटाङमा एयर डायनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ। अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना भएको र एकजना घाइते भएको प्रहरीले जनाएको छ।
बुधबार दिउँसो करिब १२ बजे केपिलासगढी गाउँपालिका– २, बालाबेँसीमा एयर डाइनेस्टीको ‘९–एनएफक्यू’ हेलिकाेप्टर भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो।
हेलिकोप्टरमा ६ जना सवार रहेकामा एकजना घाइते भएका छन्। काजीकुमार राई घाइते भएका हुन्। उनलाई उपचारका लागि अर्काे हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको छ।
स्थानीय एक परिवार आफन्तको मृत्यु भएपछि शव लिएर गाउँ जाने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो।