निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् पूजा

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् पूजा

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आज बिहान निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरूप उक्त पूजा गरेकी हुन् ।मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि  गरिन् । 

मुलुकभर सबै नेपालीबिच एकता, सदभाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उनले पुकारा पनि गरिन्।पूजामा संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि सरिक थिए । 
 

सुझावित समाचार