रास्वपाको अभिमुखीकरणमा किन उपस्थित भएनन् रवि लामिछाने र बालेन ?

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

नवनिर्वाचित सांसदरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबारदेखि सुरु गरेको अभिमुखीकरण कार्यक्रममा पार्टीका सभापति रवि लामिछाने र वरिष्ष्ठ नेता बालेन शाह भने सहभागी भएनन्। उनीहरूबाहेक अन्य १८० सांसद कार्यक्रममा सहभागी भएका छन्। पार्टीका दुई शीर्ष नेता सहभागी नभएपछि कतिपय सांसदले कार्यक्रमलाई ‘खल्लो’ मानेका छन्। 

उपसभापति डोलप्रसाद अर्यालका अनुसार सभापति लामिछाने र वरिष्ठ नेता शाह स्वास्थ्य र व्यस्तताका कारण उद्घाटन सत्रमा सहभागी हुन सकेनन् । ‘दुवैजनाको स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यस्तताको कारणले उद्घाटन सत्रमा उपस्थित हुन सक्नुभएको छैन । सम्भव भएसम्म भोलि कार्यक्रम समापन हुनुभन्दा अगाडि उपस्थित गराउने कोसिस गर्छाैँ,’ उनले भने । 

ललितपुरमा एक होटेलमा आवासीय रूपमा राखिएको कार्यक्रम बुधबार पनि चल्नेछ। 
 

सुझावित समाचार