यात्रुलाई अपशब्द प्रयोग गरी गालीगलौच गरेको आरोपमा राइड शेयरीङ एप याङ्गोमा आबद्ध चालक पक्राउ परेका छन्। ४३ वर्षिय कुमार श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
यात्रु जिनिसा कार्कीलाई उनलाई दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो। चालक श्रेष्ठमाथि कारबाहीका लागि प्रहरीले काठमाडौं पसिरसर,भद्रकालीमा बुझाएको छ।