कांग्रेसका पूर्वसांसद चालिसेलाई पाँच लाख धरौटीमा छाड्ने आदेश

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग भएको छ । सोमबार विशेष अदालतमा उपस्थित भएका चालिसेसँग अदालतले बयान लिएपछि थुनछेक आदेश दिएको हो। 

न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सो आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो। उनी गोकर्णेश्वर नगरपालिकामा पूर्वमेयरसमेत हुन्। मेयर भएकै समयमा उनले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ। 

सुझावित समाचार