धनुषा १ को उम्मेदवारी खारेजसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। जसअनुसार धनुषा १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृका यादवले नै सांसदका रूपमा निरन्तरता पाउने भएका छन्।
सो क्षेत्रमा निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचनको अघिल्लो दिन खारेज गरेको थियो। उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएपछि उम्मेदवारी खारेज भएको थियो। उम्मेदवारी खारेजविरुद्धको रिटमा सर्वाेच्चका न्यायाधीशहरू विनोद शर्मा र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश जारी नहुने फैसला गरेको हो।
धनुषा १ मा निर्वाचन आयोगले रास्वपाको मतगणना नगरी अन्य उम्मेदवारको मात्र गनेको थियो। जसमा नेकपाका यादवले सर्वाधिक मत ल्याएका थिए। उनलाई नै निर्वाचन आयोगले प्रमाणपत्र दिइसकेको छ।