सुर्खेतमा खाना पकाउने कृत्रिम अभाव

शनिबार, ३० फागुन, २०८२
डिजिटल संस्करण

सुर्खेतमा खाना पकाउने एलपी ग्याँसको कृत्रिम अभाव देखाउन थालिएको छ । ग्याँसको स्थानीय डिलर र अन्य ग्याँस पाइने पसलहरुआजभोली बिहानैबाट उपभोक्ताको भीड लाग्ने गरेको छ । 

पछिल्लो समय पश्चिम एसियामा बढेको तनावले गर्दा ग्याँस अभाव हुन थालेपछि स्थानीयले धमाधम ग्याँस भर्न थालेका छन् । इरान र इजरायल युद्धमा धकेलिएपछि इन्धनको अभाव हुनसक्ने भन्दै सरकारले आपूर्तिलाई सहज बनाउन आधा भरिएको सिलिण्डर बिक्री गर्न सुरु गरेको थियो । त्यसै कारणले सुर्खेतका उपभोक्ताले पनि ग्याँसका लागि डिलर तथा पसलमा भर्नेको भीड लागेको हो । 

ग्याँसको अभाव हुने कुरा सुनेपछि दुईवटा खाली सिलिन्डर ग्याँस भर्न लागेको वीरेन्द्रगर नगरपालिका–३ का लक्ष्मी शर्माले बताइन् । ‘सामाजिक सञ्जालमा आएको समचारका कारणले ग्याँस भरेका हौं,’ उनले भनिन्,‘उरुको कुरा सुनेर र देखेर ग्याँस भरेका हौं ।’ अहिले ग्याँसको बजार अभाव नभएको भेरी ग्यासको सुर्खेत विक्रेता विनोद दाहालले बताए ।

ग्याँस तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरे कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुर्खेतले चेतावनी दिएको छ ।

सुझावित समाचार