रोल्पामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

शनिबार, ३० फागुन, २०८२
डिजिटल संस्करण

रोल्पामा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको रून्टिगढी गाउँपालिका वडा नं।७, मोतिखन्ने डाँडामा माटो खन्ने क्रममा ढिस्को खस्दा स्थानीय खाक्सिवननिवासी ४९ वर्षीया निर्मला बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घर लिप्नका लागि माटो लिन गएका बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । मृतक बुढाथोकीसँगै माटो लिन गएका ७ जनामध्ये अन्य तीनजना घाइते भएका छन् । घाइते हुनेहरूमा खास्किवननिवासी २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुनमगर रहेको प्रहरीको भनाइ छ ।

घाइते सबैको अवस्था मध्यम रहेको बताइएको छ । घटना भएलगत्तै प्रहरी र स्थानीयवासीले पुरिएकाहरूको उद्धार गरेका थिए ।
 

सुझावित समाचार