फागुन ३० देखि चैत ६ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, ३० फागुन, २०८२
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको फागुन ३० गते शनिबारदेखि चैत ६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनुका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्नेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउनेछ । ढिलै भए पनि तपाईंले भनेजसरी नै काम सम्पन्न हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको प्रारम्भबाटै नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउँदा भाग्यको साथ मिल्ने देखिन्छ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्वपूर्ण बन्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सप्ताह प्रारम्भमा आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउनेछ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्नेछ । पठनपाठनमा प्रगति हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । साताको अन्त्यमा नातेदार र कुटुम्वले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्राविधिक काममा विशेष सफलता मिल्नुका साथै  आत्मसन्तुष्टि पनि प्राप्त हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले महत्वपूर्ण काममा सफलता मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुने देखिन्छ । पढाइमा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक, सामाजिक तथा सांस्कृतिक काममा खट्नुपर्ने योग रहेको छ । सन्ततिबाट प्रशंसा र शुभ कुराको संकेत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनुहुन्न । श्रमिक, पशुपालक र कृषकले अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । व्यावसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउनेछैन । प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । धैर्यधारण गरी परिश्रम गर्ने समय हो । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । बुधबारपछि धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएको काम बनेको समाचार सुन्न पाउने सम्भावनासमेत छ । साताको अन्त्यमा आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सुरुमा अलि दौडधुप गर्नुपर्ला, खर्चको मात्रा पनि बढ्नेछ । तापनि, अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ, आफन्तजन भेटिएलान् । शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होलान् । साताको अन्त्यमा मानसम्मान पाइनेछ । आम्दानी पनि प्रशस्तै हुनेछ । सहयोगीहरू जुट्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) घरपरिवारमा रमाइलो जमघट हुनेछ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने समय छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीतलिंगीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक कामको समुचित मूल्यांकन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । साताको अन्त्यमा आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) राजनीतिक चासो बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ बिहीबारपछि परिवारमा मतभेद हुनेछ । प्रतिकूल परिस्थितिले पछ्याउनेछ । सानातिना कामको झमेला आउन सक्छ । गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । साताको अन्त्यमा समय उत्साहवद्र्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन–अध्यापन सफल रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) परिवारमा ठुलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । बुधबारपछि आफूले ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साताको अन्त्यमा घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका कामसमेत सम्पादन हुनेछन् ।

See More On

सुझावित समाचार