इरानी नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द गर्ने सरकारको निर्णय

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

इरानी नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द भएको छ । सुरक्षाको कारण देखाउँदै सरकारले उनीहरूको भिसा बन्द गरेको हो । 

सरकारी र कूटनीतिक राहदानीवाहकबाहेकका इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिए मात्र नेपाल प्रवेश गर्न मिल्ने अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले बताए । पछिल्लो समय इरानमा बढेको द्वन्द्वपछि त्यहाँका नागरिक शरण खोज्दै नेपाल आउन सक्ने भएकाले सरकारले अनअराइभल भिसा बन्द गरेको हो । 

नेपालले यसअघि १२ देशका नागरिकलाई अनअराभइल भिसा बन्द गर्दै आएको थियो । अब त्यो संख्या १३ पुगेको छ। 

कुन–कुन देशका नागरिकले पाउँदैनन् नेपालमा अनअराइभल भिसा ? 

१. नाइजेरिया
२. घाना 
३. जिम्बावे 
४. स्वाजिल्यान्ड
५. क्यामरुन
६. सोमालिया
७. लाइबेरिया 
८. इथियोपिया 
९. इराक 
१०. प्यालेस्टाइन 
११. अफगानिस्तान 
१२. सिरिया 
१३. इरान 
 

सुझावित समाचार