कञ्चनपुरमा विद्यार्थीकाे आँखा जाँच कार्यक्रम

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

कञ्चनपुरमा विद्यार्थीकाे आँखा जाँच कार्यक्रम सुरु गरिएको छ। गेटा, महेन्द्रनगर आँखा अस्पतालले कञ्चनपुरमा विद्यार्थीकाे आँखा जाँच कार्यक्रम सुरु गरेको हो । गेटा, महेन्द्रनगर आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत वीरसिंह धामीले नेपाल नेत्रज्योति संघ गेटा, महेन्द्रनगर आँखा अस्पतालले विद्यालयमै गएर विद्यार्थीका आँखा जाँच कार्यक्रम सुरु गरेको बताए। उनका अनुसार शुक्रबार भीमदत्त नगरपालिका– १८, महेन्द्रनगर भगतपुरको आदर्श विद्या निकेतन विद्यालयका विद्यार्थीको निःशुल्क आँखा जाँच कार्यक्रम गरिएको बताए। 

धामीले विद्यालयमै गएर विद्यार्थीको आँखा चेकजाँच गरेर उनीहरूको स्वास्थ्य सुधारका लागि काम गरिरहेको बताए। उनले भने, ‘विद्यार्थीको आँखा स्वस्थ राख्नका लागि स्वयं विद्यार्थी, अभिभावक र विद्यालयले ध्यान दिएजस्तो देखिँदैन, सुरुवाती चरणमै समस्या पहिचान भयो भने उपचारमा पनि सहज हुन्छ, त्यसैले हाम्रो टिमले विद्यालयमै आएर चेकजाँच गरिरहेको छ, प्रारम्भिक रूपमा क्याम्पमै उपचार गर्छौँ, त्यसपछि थप समस्या देखिए अस्पतालमा गर्नेछौँ।’

वरिष्ठ नेत्र अधिकृत धामीले यसअघि दुई विद्यालयमा सम्पन्न भएको र थप विद्यालयमा पनि गर्ने बताए। आदर्शमा झन्डै पाँच सय विद्यार्थीको चेकजाँच गर्ने लक्ष्य रहेको बताए । आदर्श विद्या निकेतनका प्रिन्सिपल लोकहादुर विष्टले यसरी विद्यालयमै आएर निःशुल्क आँखा चेकजाँचबाट विद्यार्थीको स्वास्थ्य थप बिग्रिनबाट जोगिएको बताए । 
 

सुझावित समाचार