प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई कपिलवस्तुमा सम्मानपूर्वक बिदाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा जिल्लाका आठवटा युनिटमातहतमा खटिएका दुई हजार ६५८ जना निर्वाचन प्रहरीलाई औपचारिक कार्यक्रमबिच प्रमाणपत्र प्रदान गर्दै बिदाइ गरिएको हो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा करिब ४० दिनसम्म मतदान केन्द्र, प्रहरी कार्यालय तथा विभिन्न सुरक्षा जिम्मेवारीमा खटिएका निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आयोजित कार्यक्रममा सम्मानसहित बिदाइ गरिएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरीक्षक सन्तोष आचार्य, शमशेर दल गणका प्रमुख सेनानी विदुरध्वज अधिकारी, प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंह र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालको सहभागिता रहेको थियो ।