समानुपातिक सिट बाँडफाँट : रास्वपालाई ५७ सिट, कुन दलले कति पाए ?

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै सिट बाँडफाँट सार्वजनिक गरेको छ। आयोगले बिहीबार वक्तव्य जारी गर्दै प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम नतिजा यसअघि नै सार्वजनिक भइसकेको जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सबै मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार सिट बाँडफाँट गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए। त्यसमध्ये एक करोड पाँच लाख ५९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको छ।

समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा एक करोड आठ लाख ३५ हजार २५ मत अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ।

तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्दै ६ वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्।

See More On

सुझावित समाचार