बैंकिङ कसुर मुद्दामा साढे ४४ लाख जरिवाना र पाँच वर्ष कैद सजाय पाएपछि फरार एक व्यक्ति पाँच वर्षपछि पक्राउ परेका छन्।
मोरङ जिल्ला अदालत विराटनगरको फैसलाले पाँच वर्ष कैद र ४४ लाख ६२ हजार आठ सय रुपैयाँ जरिवाना सजाय तोकिएका मोरङ रतुवामाई नगरपालिका– ५ का ४० वर्षीय साजन मियाँलाई इलाका प्रहरी कार्यालय सिजुवाले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।
आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा बिहीबार पक्राउ परेका मियाँलाई सजाय कार्यान्वयनका लागि मोरङ जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ।