राष्ट्रिय स्वन्त्रन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको घरमा चोरी गरेको आरोपमा पक्राउ परेका तीनजनामध्ये एकजना पुर्पपक्षका लागि कारागार चलान भएका छन् । दुईजना धरौटीमा छुटेका छन्।
जिल्ला अदालत, काठमाडौंले गत २३ माघमा पक्राउ परेका काठमाडौं– १६, बालाजुका ४२ वर्षीय मनीष राजवाहकलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। उनी २४ भदौको आन्दोलनमा नक्खु कारागारबाट भागेका कैदी हुन्। जेलबाट भागेपछि पनि शृंखलाबद्ध अपराधमा संलग्न भएपछि उनलाई अदालतले कारागार चलान गरेको हो ।
त्यस्तै, सिन्धुपाल्चोकको लिसंखुपाखर– ६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका– ६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ भने ५०–५० हजार रुपैयाँ धरौटीमा छुटेका छन्। उनीहरूले शाहको घरबाट राजवाहकले चोरी गरेका सामान खरिद गरेका थिए।
गत १६ माघमा काठमाडौं ४ चप्पल कारखानास्थित बालेनको भाडाको घरमा झ्याल भुटाएर चोरी भएको थियो । उनको घरबाट सिसिक्योमरा, ल्यापटप र डिभिआर (भिजिटल भिडियो रेकर्डर) तथा गहनाहरू चोरी भएको थियो।
प्रहरीले अनुसन्धानका लागि छेवाङ सिंगी लामालाई पनि पक्राउ गरेको थियो । चोरी गरेको घडी मनीष राजवाहकले उनलाई उपहार दिएका थिए। उनीहरूबिच लेनदेन नदेखिएको भन्दै सरकारी वकिल कार्यालयले भने उनलाई मुद्दा नचलाउने निर्णय गरेको छ ।
चोरी भएको नगद १० हजार र एप्पल कम्पनीको एक लाख ३५ हजार पर्ने आइप्याडको एक लाख ३५ हजार आरोपी राजवाहकबाट भराउन अभियोगमा मागदाबी लिइएको छ। गरगहना भने सुनको नभएको खुलेको छ । बालेनपत्नी सबिना काफ्लेले दिएको जाहेरीका आधारमा प्रहरीले सरकारी वकिल कार्यालमार्फत मुद्दा दायर गरेकोमा गत साता जिल्ला अदालतले थुनछेक आदेश गरेको हो । चोरी भएकोमध्ये सिसिक्यामेरा, डिभिआर र ल्यापटप भने आरोपीबाट प्रहरीले बरामद गरिसकेको छ । बालेन चुनावी प्रचारमा उपत्यकाबाहिर रहेका वेला उनको घरमा चोरी भएको हो।