लालीगुराँसले एनआरटीसँग अंक खोस्यो

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

लालीगुराँस एसोसिएसनले बुधबार राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी)सँग अंक खोसेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा लालीगुराँसका आशिष गुरुङले अन्तिम मिनेटमा गोल गरेपछि एनआरटी १–१ को बराबरीमा रोकिएको हो । दुवै टोलीले समान १ अंक बटुलेका छन् । कप्तान अञ्जन विष्टले खेलको २६औँ मिनेटमा एनआरटीलाई १–० अग्रता दिलाएका थिए । आशिष खेलको ७२औँ मिनेटमा मैदान प्रवेश गरेका थिए ।

प्रशिक्षक किरण श्रेष्ठले उनलाई आक्रामक खेलाडीका रूपमा मैदानमा उतारेका थिए । लालीगुराँसलाई हराउँदा एनआरटी तेस्रो स्थानमा उक्लिने थियो । लालीगुराँस बराबरीमा रोकिँदा शीर्ष दुईमा पुग्ने अवसर गुमाएको छ । सातौँ स्थानमा रहेको एनआरटीले १० खेलमा १९ अंक जोडेको छ । लालीगुराँस १० खेलमा २० अंकका साथ चौथो स्थानमा उक्लियो । एनआरटीको यो चौथो बराबरी हो ।

अर्को खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई १–१ को बराबरीमा रोकेको छ । खेलको २२औँ मिनेटमा जावलाखेलले अग्रता बनाएको थियो । तर, इन्जुरी समयको पाँचौँ मिनेटमा सातदोबाटोले बराबरी गोल फर्काएको थियो । जावलाखेलले आठ खेलमा १० अंक जोडेको छ । १७ टोली सहभागी लिगमा मच्छिन्द्र क्लब शीर्ष स्थानमा छ । 

See More On

सुझावित समाचार