प्रतिष्ठानमा मुटु रोगको उपचार सुरु

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगको उपचार सुरु भएको छ । प्रतिष्ठानमा क्याथ ल्याब मेसिन रहेकाले मुटु रोगको उपचार सुरु गरिएको फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेतीले बताए । मंगलबार प्रतिष्ठानमा आएका रोल्पाका ५९ वर्षीय पुरुषको उपचार गरिएको हो । ती पुरुषको मुटु वरिपरि अत्यधिक पानी जम्मा भएको थियो । 

त्यसपछि प्रतिष्ठानको एमआरआई, सिटिस्क्यान, भिडियो एक्स–रेको सहयोगमा  बिरामीको रोगको डाइग्नोसिस गर्न सहज भएको उहाँले बताए। मुटुवरिपरि पानी धेरै नै जम्मा भएको पत्ता लागेपछि मुटु रोग विशेषज्ञ उप्रेतीको  नेतृत्वमा तारको विधिबाट अप्रेसन गरेर निकालिएको हो । अप्रेसनपछि बिरामीको अवस्था सामान्य रहेको छ भने डिस्चार्जसमेत भइसकेको छ ।

उप्रेतीका अनुसार मुटु रोगको उपचारका लागि प्रतिष्ठानले छुट्टै ओपिडी पनि सञ्चालनमा ल्याएको छ । 

सुझावित समाचार