काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट १०० राउन्ड गोलीसहित पेस्तोल बरामद भएको छ। मंगलबार दिउँसो करिब २ः५० बजेको समयमा प्रहरीले गोकर्णेश्वर– ५, जम्बुडाँडा पहेँलो पुल खोला छेउबाट पेस्तोल र गोली बरामद गरेको हो।
प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त टोलीले एक थान पेस्तोल, तीन थान म्याग्जिन तथा ७.६२ एमएमको १३ राउन्ड र ९ एमएमको ८७ राउन्ड गोली बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।