भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको मध्यावधि निर्वाचनबाट विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएका छन्। सोमबार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई फोन गरेर बधाई दिएका छन्।
यसबारे मोदीले सामाजिक सञ्जालमा लेखेका छन्–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति श्री रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भयो।
उहाँहरूको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको सानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ। उहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबिचको आपसी समृद्धि, प्रगति र हितका लागि उहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धतासमेत व्यक्त गरेँ।
हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।
बधाईप्रति रास्वपा सभापति रवि लामिछानेले मोदीलाई धन्यवाद दिएका छन्। सामाजिक सञ्जाल एक्समार्फत लामिछानेले भारतसँग ‘विकास कूटनीति’ आफूहरूको प्राथमिकता हुने बताएका हुन्।
