कांग्रेस र एमालेबिच समानुपातिक मतको अन्तर बढ्यो

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ पहिलो दल बनेको नेकपा(एमाले) यसपटक तेस्रो बनेको छ। समानुपातिकतर्फ नेपाली कांग्रेसले पनि एमालेलाई पछि पारेको छ। 

आयोगको पछिल्लो मतपरिणामअनुसार ९८ लाख ७८ हजार ४५२ मत गणना सकिएको छ। जसमा रास्वपाले ४७ लाख ५६ हजार ७७६ मत ल्याएको छ। 

दोस्रो स्थानमा रहेको कांग्रेसले १५ लाख ९७ हजार ७७० मत छ भने एमालेको १३ लाख ३३ हजार ९९५ मत छ। कांग्रेस र एमालेबिचको मतान्तर २ लाख ६४ हजार ३७५ छ। यस हिसाबले एमालेले भन्दा कांग्रेसले समानुपातिकतर्फ पनि तीन सिट बढी जित्ने सम्भावना छ। 

समानुपातिकको मतगणना अन्तिम चरणमा पुगिसकेको छ। 

प्रत्यक्षतर्फ कांग्रेसले १८ सिट जितिसकेको छ भने एमालेले ८ क्षेत्रमा जितेको छ भने एक क्षेत्रमा अग्रता राखेको छ। 

सुझावित समाचार